बाल मनोविज्ञानमा आधारित यम थापा निर्देशित फिल्म ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

रवि मल्लर पुरुशोत्तम बस्नेतको शब्द, कल्याण सिंहको संगीत रहेकोे गीतमा रोहित जोन क्षेत्रीले स्वर दिएका छन् । भिडियोमा निर्माता सन्तोष सेनका छोरा आयुव सेन, नायक शारुक ताम्रकार र कुसुम गुरुङ छन् ।


याम थापाकै लेखन तथा रहेको फिल्म ‘मेरी मामु’ मा आयुव, शारुक र कुसुमसँगै प्रेम गीत २ की नायिका अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, कलाकारहरु दुर्गा मल्ल ठकुरी, कृजन गौतम र सानु ताम्रकारको अभिनय छ ।
आशुसेन फिल्मसको ब्यानरमा निर्माण गरिएको ‘मेरी मामु’ भदौ १५ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध छ । फिल्ममा कार्यकारी निर्माताको रुपमा रेशमजंग शाह छन् ।

For More videos Log on to Mazzako TV