आर्यन र साम्राज्ञी फिलिपिन्समा रोमान्टिक अवतारमा (भिडियो)
साउन १८ गतेबाट अलनेपाल प्रदर्शन हुने फिल्म ‘कायरा’ को दोस्रो रोमान्टिक गीत रिलिज भएको छ । लक्ष्मण रिजाल निर्देशित फिल्ममा समावेश ‘यो त माया हो’ बोलको रोमान्टिक गीतमा युट्युब मार्फत सार्वजनिक गरिएको हो । नरेश भट्टराईको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको स्वर छ । फिलिपिन्स र नेपालमा खिचिएका मज्जाका दृश्यहरु भिडियोमा समेटिएको छन् ।

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह दुवै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएको फिल्मले यो गीतबाट पनि अझै प्रतिक्षित बनाउँन मद्धत गर्ने देखिन्छ । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल पनि छन् । शिवराम श्रेष्ठले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।
For More videos Log on to Mazzako TV








