भूवन र चैत्यदेवीको साइनोमा नीता र मिरुना
रमेश थापाले निर्देशन गर्न लागेको फिल्म साइनोमा अभिनेत्री नीता ढुंगानालाई संझौता गरिएको छ । नेपाली फिल्मकी प्रथम नायिका भूवन चन्द र पहिलो रंगिन सिनेमाकी अभिनेत्री चैत्यदेवीले यो सिनेमा बनाउन लागेका हुन् ।

यो सिनेमाका लागि अभिनेत्रीमा नीता ढुंगाना र मिरुना मगरलाई फाइनल गरिएको छ । यो सिनेमाबाट राजकुमारले हिरोको रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । यो सिनेमाको छायांकन चाडै सुरु हुनेछ । साइनो नाममा बनेको नेपाली फिल्म हिट भएको थियो ।
अभिमन्यू निरबीले फिल्मको कथा लेखिरहेका छन् । पुरानी २ अभिनेत्रीले अब फिल्म निर्माणमा सक्रिय हुने बताएका छन् ।
For More videos Log on to Mazzako TV








