रामकहानी पासवर्ड
फिल्मको प्रचारका लागि रामकहानीका निर्देशक सुदर्शन थापाले नयाँ उपाय निकालेका छन् । अहिले सर्वाधिक चर्चामा रहेको वाइफाइमा उनले फिल्म प्रचारको आइडिया खोजेका हुन् । राजधानीका केही रेष्टुरेन्टसँग सहकार्य गर्दै उनले फिल्म प्रचार थालेका हुन् ।

भदौ २२ गतेबाट यो फिल्म चल्दैछ । राजधानीका दर्जन बढी रेष्टुरेन्टमा पुग्ने ग्राहकले अब वाइफाइको यूजर र पासवर्ड माग्दा रामकहानी पाउनेछन् । दर्शकलाई रामकहानी यूजर र पासवर्ड दिदा फिल्मको प्रचार हुने सुदर्शनको विश्वास छ ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारले यो फिल्ममा अभिनय गरेका छन् । साउनको १७ गते फिल्मको ट्रेलर सार्वजनिक हुनेछ ।
For More videos Log on to Mazzako TV







