समाजसेवामा केही बर्ष खर्चिएका चर्चित हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे अब फिल्म बनाउनतर्फ पनि लागेका छन् । ६ एकान ६ र वडा नम्बर ६ मा लगानी गरेपछि फिल्म निर्माणबाट टाढा रहेको यो जोडी अब फिल्म बनाउन लागेको हो ।

अहिले सिनेमाको कथा लेख्न उनीहरु पोखरामा छन् । नगरकोटमा लेखेको कथा चित्त नवुझेपछि पोखरा पुगेको सितारामले बताएका छन् । सिनेमाले हास्यरसलाई नै पस्कनेछ, साथमा सन्देश पनि हुनेछ । सिनेमाका लागि अन्य कुनै पनि विधामा फिल्मीकर्मी फाइनल भएका छैनन् ।

सिताराम, कुञ्जनाको साथमा मनोज गजुरेल र भद्रगोल टिमका कलाकार यो फिल्ममा जोडिनेछन् । सिनेमाको कथा तयार भएपछि कलाकार छनोट गर्ने तयारी उनीहरुको छ ।

For More videos Log on to Mazzako TV