लिलिबिली अष्ट्रेलियामा प्रदर्शन हुदै
फिल्म ‘लिलिविली’ अष्ट्रेलियाको दुई शहरमा प्रदर्शन हुने भएको छ । अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा सिनेमा लिलिबिली प्रदर्शन हुने भएको हो । नायक प्रदीप खड्का विशेष कामका लागि अष्ट्रेलिया पुगेको बेला नेपाली दर्शकको माग अनुसार सिनेमा प्रदर्शन गर्न लागिएको निर्माता गोविन्द शाहीले बताए ।
गत चैत्र ३० गते प्रदर्शनमा आएको सिनेमा लिलिबिलीले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । यहि फिल्म मार्फत नायिका जसिता गुरुङले डेब्यु नायिकामा अवार्ड समेत पाउन सफल भएकी छिन् ।

सिनेमा लिलिबिलीमा नायक प्रदीप खड्कासँगै प्रियङ्का कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको भूमिका रहेको छ। मिलन चाम्स निर्दे्शित फिल्म लिलिबिलीलाई गोविन्द शाही र सुदीप खड्का मिलेर निर्माण गरेका हुन् ।
नायक प्रदिप खड्काकै अभिनय रहेने फिल्म ‘लभ स्टेशन’ लाई गोविन्द शाहीले निर्माणको तयारीमा समेत गरिरहेका छन् ।








