रामकहानीलाई सोलो आउने बाटो खुल्यो
निर्देशक सुदर्शन थापा निर्देशित फिल्म रामकहानी अन्य फिल्मसँग नजुध्ने संभावना बढेको छ । कारण, भदौ २२ गते रिलिज हुन लागेको फिल्म सुश्री सम्पत्ती यो डेटबाट हटेपछि रामकहानी सोलो रिलिज हुने संभावना बढेको हो ।

हुनत, यो मितिमा अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म रोजी रिलिज हुने चर्चा भएपनि अफिसियल घोषणा भने भएको छैन । यसैले पनि अहिलेसम्मको अवस्था हेर्दा रामकहानी सोलो आउने देखिएको छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो सिनेमालाई बर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।
सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । निर्मात्री शर्मालाई वितरक गोपाल कायस्थले सुश्री सम्पत्ती भदौ २२ मा नआउने जानकारी गराएका थिए ।
For More videos Log on to Mazzako TV








