शोभितले खुलाए छोरा सलोन नचल्नुको कारण
बाबु कान्छा फिल्म असफल भएपछि अभिनेता सलोन बस्नेतलाई प्रश्नको सामाना गर्नु परेको छ । सलोनले फिल्म चल्नु र नचल्नुले धेरै फरक नपार्ने बताएका छन् । तर, सलोनका पिता शोभित बस्नेतले भने बाबु कान्छा नचल्नुको कारण खुलाएका छन् ।
शोभितले सलोनले दर्शकलाई हसाँउन सक्ने भन्दै रुवाउन खोज्दा फ्लप भएको बताएका छन् । उनले, सलोनले बाबु कान्छा, आधा पेज लगायतका फिल्ममा दर्शकलाई रुवाउन खोज नचलेको बताए । तर, सलोनले गाजलु, होस्टेल, ए मेरो हजुर २ लगायतका फिल्ममा दर्शक हसाउँदा चलेको बताए । बाबु कान्छामा पनि आफूले सोही गल्ती गरेको भन्दै शोभितले अबदेखि सलोनलाई लिएर रुन्चे फिल्म नबनाउने बताए ।
बाबु कान्छाले दर्शकलाई रुवाउन खोज्दा दर्शकले नपत्याएको शोभितको भनाई छ । उनले, सलोनको मुख्य भूमिका रहेको सुश्री सम्पत्ती फिल्मले दर्शकलाई हसाउने भन्दै चल्नेमा ढुक्क रहेको बताए ।
For More videos Log on to Mazzako TV