नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तथा नव नायक धिरज मगर स्टारर फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । कोरियोग्राफर रेनशा राई निर्देशित फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ को ‘उडायो हावाले’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको गीतको भिडियोमा नायिका साम्राज्ञी र नव नायक धिरज रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको ‘उडायो हावाले’ गीतमा हर्कुलस र निकिता थापाको स्वरले मन छुन्छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । केहि दिन अघि रिलिज गरिएको टिजरबाट मज्जाको प्रतिक्रिया पाएसंगै फिल्मको चर्चा सुरु भएको छ ।आइ कोर फिल्मको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रभु शमसेर राणा र प्रज्वल शमसेर राणाले लागानी गरेका हुन् ।

For More videos Log on to Mazzako TV