भाग्यमानी स्वस्तिमा
निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि अभिनेत्री स्वस्तिमा खड्काको भाग्य चम्किएको छ । स्वस्तिमा अहिलेकी व्यस्त र रुचाइएकी अभिनेत्री हुन् । स्वस्तिमा अर्को अर्थमा पनि भाग्यमानी छिन् । कारण, कमै मात्र अभिनेत्रीले आफ्नो भागमा मन छुने र लामो समयसम्म हिट हुने गीत पाउँछन् ।
स्वस्तिमाले यस्तै गीत पाएकी छिन् । भदौ ८ गतेबाट रिलिज हुन लागेको फिल्म नाई नभन्नु ल ५ को गीतले स्वस्तिमालाई फेरि फाइदा पुग्ने छ । किनकी, यो गीत सुमधुर छ । स्वस्तिमालाई यो गीतमा फिचरिङ गरिएको छ । कुटुमा कुटु बोलको गीतमा नृत्य मात्र गरेर चर्चामा आएकी स्वस्तिमालाई नाई नभन्नु ल ५ को शिर्ष गीतले फेरि चर्चामा ल्याउने पक्का छ ।
राम्रो गीत आफ्नो भागमा परोस् भन्ने चाहना हरेक कलाकारमा हुन्छ । स्वस्तिमा अहिले त्यस्तै भाग्यमानी अभिनेत्रीमा पर्न थालेकी छिन् ।
For More videos Log on to Mazzako TV