दयाहाङ राई, वुद्दि तामाङ जस्ता कलाकारको साथ पाएर हिट फिल्म दिने अपेक्षामा रहेकी अभिनेत्री बर्षा सिवाकोटीलाई झट्का लागेको छ । किनकी, बर्षा सिवाकोटी अभिनित भैरेले हलमा कुनै चमत्कार गर्न सकेन । बर्षा लामो समयदेखि हिट फिल्मको खोजीमा छिन् ।

विर विक्रम २ कहिले बन्ने हो भन्ने टुंगो लागेको छैन । अब, बर्षाको पाइपलाइनमा अभिनेता अनुप विक्रम शाहीसँगका २ फिल्म छन् । एउटा, भदौ १ गतेबाट रिलिज हुन लागेको फिल्म जय शम्भु । यो सिनेमा चलेको खण्डमा बर्षालाई राहत हुने थियो । अर्कोतिर, छायांकनमा रहेको फिल्म पुरानो बुलेटले पनि उनको आशा जगाउन सक्छ । यो फिल्ममा पनि अनुप विक्रम शाही नै उनको जोडीको रुपमा छन् ।

भैरे चलिलिएको भए बर्षाका लागि फाइदा हुने थियो । तर, राम्रो कथामा बनेको भनेर बर्षाले काम गरेको यो फिल्मले उनलाई निराशा मात्र बनाइदियो ।

For More videos Log on to Mazzako TV