साउन ११ गतेबाट फिल्म चि मुसी ची रिलिज हुँदैछ । म्यूजिकल थ्रिलर कथामा बनेको यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । यो सिनेमालाई लिएर यसका कलाकारहरु निकै नै हौसिएका छन् । झन्, काठमाण्डौ बाहिर गरिएको कन्सर्टमा दर्शक उर्लदा त उनीहरु फिल्म चल्नेमा ढुक्क छन् ।

यो सिनेमाकी अभिनेत्री अलिसा शर्मालाई त दर्शकले शनिबार टिकट नै पाउन मुश्लिक हुन्छ भन्ने लाग्छ । किनकी, शनिबार सबै शोज हाउसफूल भएर सिनेमाको टिकट पाउन मुश्किल हुनेमा उनी ढुक्क छिन् । यसैले पनि उनले दर्शकलाई शुक्रबार नै सिनेमा हेर्न आग्रह गरिन् ।

सिनेमामा अलिसालाई दुई हिरो सुनिल क्षेत्री र सुशान्त कार्कीले साथ दिएका छन् । सिनेमालाई लिएर २ हिरो पनि आशावादी छन् । फरक कथामा निर्माण भएको सिनेमालाई दर्शकले हेर्दा फरक स्वाद पाउने र मनोरञ्जन लिने विश्वास निर्देशकको छ ।

 

For More videos Log on to Mazzako TV