भदौ ८ गते रिलिज हुने प्रतिक्षित फिल्म ‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विकासराज आचार्य निर्देशित फिल्मको ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीत सार्वजनिक गरिएको हो । मेलिना राईको स्वर, दिनेश थपलियाको शब्द रहेको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपाल प्रस्तुत छन् ।


फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा स्वस्तिमाको बाल्यकालको भूमिका बाल कलाकार सेड्रिना शर्मा र अभिषेकको बाल कलाकार अनुभव रेग्मी प्रस्तुत छन् । फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV