आफ्नो अन्तरंग दृश्य सार्वजनिक नहोस् भन्ने चाहन्थिन् प्रियंका ?
आइतबार सार्वजनिक भएको फिल्म कथा काठमाण्डुको रातको कुरा गीतलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । यो गीतमा आएका कमेन्ट हेर्दा दर्शकले यसलाई निकै गाली पनि गरिरहेका छन् । फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरि र प्रियंका कार्कीको अन्तरंग दृश्यलाई दर्शकले गाली गरेका छन् ।
प्रियंकालाई लिएर पनि थुप्रै प्रश्न उठाइएको छ । अभिनेत्री प्रियंका कार्की यो गीत सार्वजनिक नहोस् भन्ने चाहन्थिन् ? किनकी, उनले गीत सार्वजनिक भएपछि अहिलेसम्म आफ्नो सामाजिक संजालमा गीत शेयर गरेकी छैनन् । यस्तै, प्रियंका र आयुष्मानले यो गीत सार्वजनिक नहोस् भन्ने चाहेको वुझिएको छ ।
यो गीतलाई निर्माणटिमले प्रचारका लागि प्रयोग गर्न खोजेको प्रष्ट छ । असोज १२ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV