कुन बाटोमा अनुपविक्रम ?
अभिनेता अनुप विक्रम शाही आज आफ्नो जन्मदिन मनाउँदैछन् । नेपाली फिल्म क्षेत्रमा ह्यान्डसम हिरोको रुपमा परिचित अनुप विक्रम अहिले फिल्मको काममा व्यस्त छन् । अनुपको हातमा फिल्मको कुनै अभाव नै छैन । उनी ब्याक टू ब्याक सिनेमाको काम अनुपलाई जन्मदिनको अवसर पारेर फिल्म क्षेत्रका थुप्रै कलाकारले शुभकामना दिइरहेका छन् ।

अनुप विक्रमले आफ्नो अभिनयका कारण दर्शकको मन त जितेका छन् । यसैले पनि होला उनलाई फिल्ममा लिन निर्माताहरु तछाडमछाड गर्छन् । तर, अनुप विक्रमले काम धेरै गरेपनि आफ्नो क्रेज भने गुमाउँदै लगेको पाइन्छ । जस्ता सिनेमामा पनि अभिनय गर्ने अनुप आफूले अभिनय गरेपछि त्यो सिनेमालाई खासै ध्यान नै दिदैनन् । अनुप विक्रम आफूले अभिनय गरेका फिल्मको प्रचारमा हिड्न भन्दा पनि नयाँ फिल्ममा काम गर्न व्यस्त छन् ।
यसैले उनका बग्रेल्ती फिल्म रिलिज भएको पाइन्छ । अनुप विक्रमले अब फिल्मको संख्यामा कटौती नगर्ने हो भने उनको करिअर डामाडोल हुने विश्लेषण गरिन्छ । अनुप विक्रमले अहिले समातेको बाटो सुदख भने छैन ।
For More videos Log on to Mazzako TV








