फिल्म कोहलपुर एक्सप्रेस चलेको पनि ३ महिना भैसक्यो । फिल्मले नेपालमा गतिलो व्यापार गरेन । तर, यसले यसकी निर्मात्री तथा अभिनेत्री केकी अधिकारीलाई कत्ती पनि फरक पारेको छैन । केकी अधिकारी कोहलपुर एक्सप्रेसको दौडमा अझै पनि दौडिरहेकी छिन् ।

विदेशमा आयोजना भएका फिल्मको शोमा केकीको उपस्थिती बलियो छ । निर्मात्री बनेपछिको एउटा फाइदा यो पनि हो । यो फिल्मका कलाकार अन्य सिनेमामा व्यस्त भैसक्दा केकी भने नाई नभन्नु ल ५ मा अतिथी भूमिकामा काम गर्नु बाहेक अन्य फिल्ममा काम नगर्ने मुडमा छिन् । उनी अहिले यूरोप टुरमा छिन् ।

यूरोपका विभिन्न देशमा यो फिल्मको प्रदर्शन भैरहेको छ । केकीको सामाजिक संजाल हेर्ने हो भने नयाँ देशमा नयाँ पहिरनमा उनी सजिएकी छिन् र नेपालीबाट पाएको मायालाई लिएर खुशी छिन् । केकी अधिकारीले अहिलेसम्म आफ्नो फिल्म मुम्बई एक्सप्रेसबाट चोरिएको भन्ने बिषयमा केही पनि बोलेकी छैनन् ।

For More videos Log on to Mazzako TV