रनकुमारको ‘बेकावु छ माया’ सार्वजनिक (भिडियो)
नव गायक रनकुमार लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायक लामाको पहिलो ‘बेकावु छ माया’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । उनी ‘बेकावु’ एल्बम पनि चाडै बजारमा ल्याउँने तयारीमा समेत रहेका छन् । गीतको भिडियोमा मनिश थापा र रन लामा फिचर्स भएका छन् । साथमा डान्स ग्रुपको निकै राम्रो नृत्य देख्न सकिन्छ ।
गोबिन्द प्रसाद उपाद्धयको शब्द रहेको गीतमा मानशी किरणको संगीत र एरेन्ज रहेको छ । भिडियोको उत्तर राना मगर निर्देशक हुन् । भिडियोलाई सुमन श्रेष्ठले कोरियोग्रफी गरेका हुन् । गोकुल खनालले खिचेको भिडियोलाई निर्देशक उत्तर राना मगरले सम्पादन गरेका छन् भने नबिन निरौलाले रंग संयोजनको काम गरेका छन् ।
हेर्नुस भिडियो :
For More videos Log on to Mazzako TV