अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले इन्गेजमेन्ट गरेको केही दिन मात्र भयो । उनै, प्रियंकाले अभिनय गरेको फिल्म कथा काठमाण्डुमा समावेश रातको कुरा बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।

तर, यो गीत सार्वजनिक कार्यक्रममा काठमाण्डौमा रहेर पनि अभिनेता आयुष्मान देशराज जोशी उपस्थित भएनन् । यो गीतमा अभिनेत्री प्रियंकाको कार्कीले कामुक दृश्य दिएकी छिन् । प्रियंका र फिल्मका अर्का कलाकार प्रमोद अग्रहरि विचको दृश्यले धेरैलाई अचम्मित बनाउँछ । यसैले पनि प्रियंका र आयुष्मान यो गीत सार्वजनिक नहोस् भन्ने चाहनामा थिए ।

तर, गीत सार्वजनिक भएपछि सो गीत हेर्न आयुष्मान नआएको हुनसक्छ । आयुष्मानको पनि यो फिल्ममा अभिनय छ । यही फिल्मबाट आयुष्मान र प्रियंकाको प्रेम सुरु भएको थियो ।

aayis

For More videos Log on to Mazzako TV