संगीता श्रेष्ठ निर्देशित फिल्म ‘कथा काठमाण्डु’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘रातको कुरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा इन्दिरा जोशीको आवाजमा रहेको छ भने, फिल्मका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरी हट अवतारमा प्रस्तुत भएका छन् । गीतमा नायक प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीत रहेको छ ।


गीतको भिडियोलाई चलचित्रकी निर्देशक संगीता श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् । फिल्मलाई संगीताले नै लेखेकी हुन् । कथा काठमाडौँलाई विजय राईले निर्माण गरेका हुन् । फिल्ममा लुजा सिंहको छायाङ्कन रहेको छ । तीन फरक कथालाई समाबेश गरिएको कथा काठमाण्डौमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । निर्माण पक्षका अनुसार फिल्म असोज १२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने छ ।

For More videos Log on to Mazzako TV