के बर्षाले पारिश्रमिक पाएकी छैनन् ?
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री हुन् बर्षा राउत । बर्षा राउतले आधा दर्जन बढी फिल्म खेलेकी छिन् । तर, उनै बर्षाले एउटा पीडा पोखेकी छिन् । बर्षाले फिल्म क्षेत्रका निर्मातासँग पैसा उठाउन गाह्रो भएको भन्दै दुखेसो पोखेकी हुन् ।
आफ्नो फेसबुकमा बर्षाले लेखेको स्टाटसले यही कुरा बताउँछ । बर्षाले आफ्नै पैसा उठाउन पनि गाह्रो भन्दै सिमोस सुनवारले लेखेको स्टाटस साभार गरेकी छिन् । उनले, साथीभाइसँगै, साथीभाइको अफिससँग, दुख पर्दा सापटी दिएको पैसा र काम गरेको फिल्मका निर्मातासँग पैसा उठाउन गाह्रो भएको लेखेकी छिन् ।
तर, बर्षाले कुन कुन फिल्मबाट यस्तो समस्या परेको हो भनेर लेखेकी भने छैनन् । बर्षा जस्ती चलेकी अभिनेत्रीलाई त यती समस्या छ भने अरुलाई झन् के होला ?
For More videos Log on to Mazzako TV