भैरेको प्रेस शो किन ?
हलमा चलेपनि दर्शक नआएर दिक्क भएका भैरे फिल्मका निर्माता र निर्देशकले आइतबार पत्रकारका लागि भन्दै प्रेस शोको आयोजना क्यूज हलमा गरेका थिए । क्यूज हलमा आयोजना गरिएको प्रेस शो, पत्रकारहरु त पुगेका थिए नै । तर, पत्रकारको भन्दा दोब्बर फिल्मको निर्माण टिमका आफन्त, साथीभाई र इष्टमित्रलाई बोलाइएको थियो ।

प्रेस शोमा पत्रकारहरुले बस्ने ठाउँ नै पाएनन् । ३ बजे फिल्म सुरु गर्ने भनेर बोलाइएतापनि सवा ४ बजेसम्म फिल्म सुरु हुन सकेन । अधिकांश पत्रकार फिल्म नै नहेरि फर्किए । प्रेस शो पत्रकारहरुको धारणा मिडियामार्फत प्रकाशित होस् भनेर आयोजना गरिन्छ ।
तर, प्रेस शोलाई फेमिली शो बनाइदिदा भैरेको प्रेश हो खल्लो भयो । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्मले हलमा गतिलो व्यापार गरेको छैन ।
For More videos Log on to Mazzako TV








