झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक
साउन १८ गते देखी प्रर्दशन हुन लागेको फिल्म झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । जुकबक्समा टाइटल सहित, मृग नयनी तिम्रो आखाँ र कुनै बेला निकै चर्चा बटुुलेको आम्मैले भन्थे धाराको पानी बोलका गित समावेश छन् । ‘आम्मैले भन्थे धाराको पानी’ गितमा शब्द र संगीत कुसुम गज्मेरको रहेको छ । यो गीतलाई झमकबहादुर मा रिमिक्स गरेर समावेश गरिएको हो । फिल्ममा ओम सुनारले संगीत भरेका छन् ।
फिल्ममा अभिनय चाहिं अनुप बिक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा,कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका निभाएका छन् ।
पवन गौतमको छायाङकन, अनिल मर्हजनको सम्पादन, राजु किरात राईको द्धन्द्ध निर्देशन छ । फिल्मका निर्माता मिन कुमार तामाङ हुन भने सह निर्माता कोपिला कुमारी ढल्लाकोटी हुन् । फिल्मको निर्देशन भने भोमन कटुवालले निर्देशन गरेका छन् ।
For More videos Log on to Mazzako TV