फिल्ममा मात्र सिमित आर्यन र नम्रताको सम्बन्ध
अभिनेता आर्यन सिग्देलले आफू र अभिनेत्री नम्रता श्रेष्ठको सम्बन्ध फिल्ममा मात्र सिमित रहेको बताएका छन् । उनले, आफूहरुविच कुनै पनि व्यक्तिगत सम्बन्ध नभएको बताए । फिल्म खेल्दा बोल्ने र नखेल्दा रिसाएको भन्ने कुरालाई समेत उनले अस्विकार गरेका छन् । आर्यन आफू निर्मित तथा अभिनित फिल्म कायराको प्रचारमा दौडिरहेका छन् । अहिले आर्यन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग नजिक छन् ।

उनले, साम्राज्ञीले पनि आफूलाई साउनको १८ गतेसम्म साथ दिए पुग्ने तर्क गर्दै आएका छन् । आर्यन र नम्रताले थुप्रै हिट सिनेमा दिएका छन् । तर, आर्यन र नम्रताको सम्बन्ध विग्रिएपछि उनीहरुले फिल्म खेल्न छाडेका छन् । तर, आर्यन नम्रतासँग सधै नै आफ्नो सम्बन्ध फिल्मको मात्र भएको बताउन थालेका छन् ।









