योजनाको तीज गीत ‘सपक्कै सारी सप्को पारेर’ (भिडियो)
गायिका एवम् सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् । हरेक वर्ष तीजको गीत बजारमा ल्याउँदै आएकी योजनाले यो वर्ष पनि नयाँ गीत रिलिज गरेकी हुन् । तीज गीतमा विकृति भित्रिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला गायिका पुरीले ‘सपक्कै सारी सप्को पारेर’ बोलको तीज गीतको म्युजिक भिडियो ल्याएकी हुन् ।
गीतमा एकनारायण भण्डारीको संगीत छ । गीतका शब्द कमल सरगमले लेखेका हुन् । गीतको भिडियोमा दिकपाल खड्का र जान्वी बोहोराले मोडलिङ गरेका छन् । भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् ।
For More videos Log on to Mazzako TV