यहि शुक्रबार अर्थात श्रावण ४ गते बाट प्रदर्शन हुने ‘पण्डित बाजेको लौरी’ को प्रिमियर सम्पन्न गरिएको छ । प्रिमियरमा फिल्मलाई मज्जाको प्रतिक्रिया मिलेको छ । प्रिमियरमा हेर्ने फिल्मकर्मी तथा पत्रकारले फिल्मलाई राम्रो भनेका छन् ।एउटै समाजमा रहेका बादी बदिनी तथा ब्राह्मण समुदाय बीचको सम्बन्ध तथा तीनका जीवनका उतार चढावलाई नै फिल्मको कथा हो ।

अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा बिजय बरालले बादी र सन्ध्या केसीले बदिनीको भूमिकामा निर्वाह गरेका छन् ।निर्देशक दिपक ओलीले अहिले प्रचलनमा रहेका लभ स्टोरी अथवा कमेडी चलचित्रहरु भन्दा फरक धारमा रहेर ‘पण्डित बाजेको लौरी’को निर्देशन गरेका छन्।

चलचित्रमा महेश दवाडीको कथारपटकथार संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ।चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV