रोमियो एण्ड मुनाको ‘तिम्रै लागि हो’ रोमान्टिक गीत (भिडियो)
फिल्म ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । रिलिज हुन् दुई साता मात्र बाँकी हुँदा सार्वजनिक ‘तिम्रै लागि हो’ बोलको गीतको भिडियो गरिएको हो । भिडियोमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियोको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर सुन्न सकिन्छ । यस अघि रोमियो एण्ड मुनामा समाबेश ५ वटा गीत सार्वजनिक भैसकेका छन् । रोमियो एण्ड मुना म्युजिकल लभ स्टोरी फिल्म हो । फिल्म साउन ११ गतेदेखि देशभर रिलिज हुँदैछ ।

नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV








