यहि श्रावण ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँने फिल्म ‘चि मुसी चि’ को नयाँ गीत रिलीज भएको छ । दिनेश श्रेष्ठक निर्देशित फिल्मको ‘आउ आज मायाको’ बोलको गीत हाले युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द–संगीत रहेको छ ।

गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । ’हेड’ परेपनि ’टेल’ परेपनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाईन्छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् ।यसै फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । यो रिल जोडीलाई नेपाली फिल्ममा जमिरहन ’चि मुसी चि’ले मद्दत गर्ने निर्माण पक्षले बिश्वास लिएको छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

यसअघि सार्वजनिक शिर्ष गीतले यूट्युबमा मिलियन बढि भ्यूज पाईसकेको छ ।

For More videos Log on to Mazzako TV