हिजोआज कलाकारको लोकप्रियता चलचित्रको व्यापारसंगै युटुबमा ती कलाकारको बिषयमा आउने सामाग्रीको भ्यूजले पनि मापन गर्दछ । कलाकारका इन्टरभ्यू, गीतसंगीत, चलचित्रका ट्रेलरमा आउने प्रतिक्रिया, भ्यूजले उसको लोकप्रियता मापन गर्न सकिन्छ । डिजिटल यूगको जमानामा कलाकारलाई रुचाउने बर्ग पनि सोही अनुसार रुपान्तरण भएका छन् ।

वुधबार सार्वजनिक गरिएको नायिका रेखा थापा अभिनित चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीतको चर्चा जुन तरिकाले हुनुपर्ने हो, त्यो अनुसार नभएको पाइएको छ । युटुबमा हिजोआज कुनै कलाकारको इन्टरभ्यूले समेत सजिलै २४ घन्टामा १ लाख बढी भ्यूज पाउने गरेका छन् । तर, बुष्ट गर्ने खेलोमा नलाग्ने हो भने सबै कलाकारका लागि यो खालको लोकप्रियता पाउन मुश्लिक नै देखिएको छ ।

रेखा आफैले नृत्य गरेको यो गीतको भिडियोलाई ३० घन्टामा ९० हजार पटक मात्र हेरिएको छ । रेखा थापाको स्टारडम, लोकलयका गीतको चर्चाको आधारमा मुल्यांकन गर्ने हो भने यो निकै कमजोर हो । सिंगल थिएटरमा मात्र रुचाइएकी रेखालाई युटुबमा पनि खासै नरुचाइएको वुझ्न सकिन्छ । पछिल्लो समय रेखा थापाका चलचित्रले समेत व्यापारिक रुपमा सफलता पाउन सकेका छैनन् । ‘मालिका’को गीतको कोरियोग्राफी कमजोर हुनु, रेखाको फित्तलो डान्स आदिका कारण पनि यसले अपेक्षित सफलता पाउन नसकेको हो ।

अर्कोतिर, रेखालाई युटुबमा कम खोजिनुले पनि गीतको भ्यूजमा असर परेको छ । रेखाले चलचित्रकी कलाकार कमला ओलीलाई भिडियोमा खासै स्थान दिएकी छैनन् । धेरैले यो गीतको भिडियोमा कमलालाई पनि नचाउनुपर्ने तर्क गरेका छन् ।

For More videos Log on to Mazzako TV