अभिनेता सलिनमान बनियाँलाई अल्छी अभिनेता भनिन्छ । उनी फिल्म खेल्न खासै रुची नै देखाउँदैनन् । ए मेरो हजुर २ को छायांकनको समयमा सलिनले दिनमा ६ पटक खान नपाउँदा झगडा गरेको खबर नै सार्वजनिक भएको थियो । तर, दोश्रो फिल्म यात्राका लागि भने सलिनले खुबै मिहिनेत गरिरहेको वुझिएको छ ।

सलिनले यो सिनेमाको छायांकनमा कुनै डिमाण्ड पनि गरेका छैनन् । बरु, उनले हरेक दृश्यमा आफ्नो सक्दो मिहिनेत गरेका छन् । यो सिनेमाको छायांकन सुरु भएको २ महिना भैसक्यो । अझै, काठमाण्डौमा एक महिनाको काम नै बाँकी छ । तर, पनि सलिनले यसपटक प्रभावित बनाउने काम गरेको वुझिएको छ ।

केशव भट्टराइको निर्माणमा तयार भैरहेको यो सिनेमालाई सम्राट शाक्यले निर्देशन गरिरहेका छन् । सिनेमाको छायांकन लम्बिदा भने कलाकारहरुलाई अन्य फिल्मका लागि दिएको डेट मिलाउन समस्या पर्न थालेको छ ।

For More videos Log on to Mazzako TV