बक्स अफिस त लाग्यो, अब के होला ?
साउन १ गतेबाट राजधानीमा मात्र बक्स अफिस लागू भएको छ । राजधानीका ११ वटा मल्टिप्लेक्स र ९वटा सिंगल हलमा बक्स अफिस लागू भएको हो । मल्टिप्लेक्समा पहिले नै इ टिकेटिङ जडान गरिएको थियो । ९ वटा सिंगल हलमा यो प्रविधी जडान गरिएको छ । यो प्रविधी जडान भएसँगै अब फिल्मको व्यापार पारदर्शी हुने आशा गरिएको छ ।
सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस र इ टिकेटिङको उद्घाटन गरेका थिए । उनले, राजधानी बाहिर पनि यो सिस्टम जडान हुने भन्दै मख्ख नपर्न हलवालाहरुलाई आग्रह गरे । यो प्रविधी जडानसँगै निर्माताले पारदर्शी हिसाब पाउने र राज्यले पनि कर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
बक्स अफिसको मुद्दा लामो समयदेखि उठान भएपनि अहिलेसम्म यो प्रविधी जडान हुन सकेको थिएन । बक्स अफिस लागू भएपछि निर्माता, हलवाला र राज्यले फाइदा उठाउने अपेक्षा गरिएको छ ।
For More videos Log on to Mazzako TV