अभिनेत्री रेखा थापाले एक स्मारिकामा लेख लेख्दै मिडियाले आफूलाई महानायिका, मेघास्टार भन्न डराएको भन्दै आक्रोश पोखेकी थिइन् । रेखाले, २ वटा फिल्म खेल्नेलाई मेघास्टार भन्ने मिडियाले आफूले सिनेमा नगरी एक दशक भन्दा बढी समय धान्दा पनि महानायिका, मेघास्टार भन्न नसकेको भन्दै आक्रोश पोखेकी थिइन् ।

तर, उनै रेखाले फिल्म मालिकाको पत्रकार सम्मेलनमा भने आफूलाई यस्तो कुनै उपमा नचाहिने बताएकी छिन् । उनले, आफूलाई यस्तो उपमा नचाहिने भन्दै आफ्नै सोचिदिए पुग्ने बताइन् । उनले, आफू एक असल मान्छे भएको भन्दै असल मान्छे भनेर चिनिदिए पुग्ने बताइन् ।

रेखाले आफूले कसैको डाहा गरेर मेघास्टार किन भनियो भनेर समेत नभनेको बताइन् । रेखाले आफैले बोलेको कुरामा आफै स्पष्टिकरण दिएकी छिन् । यसले रेखाको दोहोरो बोली देखिएन र ?

For More videos Log on to Mazzako TV