जान्वीको देखाउने मोह
‘भैरे’ सिनेमाको पत्रकार सम्मेलनमा आधा बक्षस्थल देखाएर चर्चा कमाएकी अभिनेत्री जान्वी बोहराले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा राखेको एउटा तस्बिरले फेरि चर्चा पाएको छ । उनले, स्विमिङ पूलमा पौडनु अघि आफ्नो विकिनी तस्बिर पोष्ट गरेकी छिन् । उनको विकिनी तस्बिरमा उनी खुलेकी छिन् ।

जान्वीको चर्चा यस्तै तस्बिरले धेरै भएको पाइन्छ । आफैले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि जान्वीले जिम धाइरहेको बताएकी थिइन् । सायद, जिम गएर आफ्नो शरीर यस्तो बन्यो भनेर उनले देखाउन खोजेको हुनसक्छ । जान्वीले नेपाली फिल्ममा कुनै उल्लेखनिय योगदान गर्न सकेकी छैनन् । तर, यस्तै यस्तै फण्डाले उनको चर्चा भने हुने गरेको छ ।
For More videos Log on to Mazzako TV







