‘झमकबहादुर’ को दोश्रो ट्रेलर, निर्देशक भन्छन् कपि हैन (भिडियो)
यहि श्रावण १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ’झमकबहादुर’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । केही समय अघि पहिलो ट्रेलर सार्वजनिक भए संगै मुम्बई एक्सप्रेस को कपी भनेर निकै आलोचना खेपेको फिल्मे ‘झमक बहादुर’ को दोश्रो ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । दोश्रो ट्रेलर रिलिजसंगै फिल्मको प्रचार प्रसारलाई तिब्रता दिइएको छ । श्रावण १८ गतेबाट नेपाल भर प्रदर्शनमा आउँने फिल्मको दोश्रो ट्रेलर पहिलो ट्रेलर भन्दा नितान्त फरक देखिन्छ ।
सार्वजनिक दोस्रो ट्रेलर हेर्दा मुम्बई एक्सप्रेस जस्तो लाग्दैन् । फिल्म पुर्णत कमेडी जनरा र नितान्त नेपाली परिवेश सुहाउदो आफ्नै मौलिकता रहेको निर्देशक भोमन कटुवाल बताउँछन् । फिल्म कही कतैबाट पनि मुम्बई एक्सप्रेसको कपि नरहेको उनको दाबी छ । उनि भन्छन् ‘सुन तस्करी, लुटपाट र अपहरण लाई मुख्य बिषयबस्तु बनाई कमेडी बेशमा हामीले प्रस्तुत गरेका छौ ।’ फिल्ममा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन मर्हजनको र सुजाता थापा मुख्य भूमिका रहेको छ ।
ओम सुनारको संगीत, राजु किरात एक्शन, मिन कुमार तामाङको निर्माण रहेको फिल्मका सह निर्माताको रुपमा कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको फिल्म लाई भोमन कटुवालले निर्देशन गरेका छन्।
For More videos Log on to Mazzako TV