असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘बाँधमायाले’ को टिजर रिलिज गरिएको छ । आर्यन अधिकारी र सृष्टि श्रेष्ठ अभिनित फिल्मको टिजर युट्युब मार्फत सार्वजनिक गरिएको हो । टिजरमा आर्यन र सृष्टिको मज्जाको प्रेम देख्न सकिन्छ, भने आर्यनलाई एक्शन अवतारमा पनि प्रस्तुत गरिएको छ ।

सबिर श्रेष्ठ निर्देशित फिल्म बाँध मायाले बाट किशोर खड्का नवनायकको रुपमा डेव्यु गर्दैछन् । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्ममा छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।
फिल्ममा आर्यन, सृष्टि र किशोरका अलवा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ लगायतको अभिनय छ ।

फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । टिजर रिलिजभए सँगै फिल्मको प्रचार प्रसार सुरु भएको निर्देशक श्रेष्ठ बताउँछन् ।

For More videos Log on to Mazzako TV