मल्टिप्लेक्समा सलोनः सिंगल आउँदा खाली
अभिनेता सलोन बस्नेतलाई ए मेरो हजुर २ मा हेरेका दर्शकले खुबै तारिफ गरेका थिए । उनको क्रेज यो फिल्मले पनि बढाइदियो । सिंगल र मल्टिप्लेक्स सबैतिर सलोन चलेका थिए । उनले, अभिनय गरेका गाजलु, होस्टेल जस्ता फिल्ममा पनि उनी रुचाइए ।

सलोन भएको खण्डमा मुख्य हिरो नै ओझेलमा पर्छन् पनि भन्ने गरिन्छ । तर, सलोन बस्नेत अरु हिरोसँग आउँदा उसलाई नै ओझेल पारिदिन्छन् । तर, आफू मात्र आउँदा आफू नै ओझेल पर्छन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको बाबु कान्छा सिनेमाको व्यापारले यही कुरा पुष्टी गर्छ । मल्टिप्लेक्समा त सलोनको यो फिल्म लागेको दिनमा नै उत्रिएको थियो ।
सिंगल हलमा पनि फिल्म चलेन । यसरी हेर्दा सलोन बस्नेत एक्लै आउँदा हल खाली हुन्छ । अरु हिरोसँग आउँदा उनी चल्छन् । के एक्लै फिल्म धान्ने खुबी सलोनमा नभएकै हो त ?
For More videos Log on to Mazzako TV







