अभिनेत्री मरिष्का पोख्रेललाई अहिले दौडधुप छ । किनकी, उनले काम गरेका ३ वटा सिनेमाको रिलिज डेट उस्तै समयमा हुने भएपछि उनलाई भ्याइनभ्याई भएको हो । मरिष्काले आज काठमाण्डौमा आयोजना भएको साली कस्को भेनाको फिल्मको पत्रकार सम्मेलनमा पुगिन् ।

यो कार्यक्रम सकिने वित्तिकै उनलाई पण्डित बाजेको लौरी सिनेमाको पत्रकार सम्मेलनमा पुग्नु थियो । मरिष्का त्यहाँ पनि पुगिन् । एकैछिनमा उनले २ वटा सिनेमाको बारेमा फरक फरक कुरा गरिन् । यता, उनी भदौ १ गतेबाट रिलिज हुने सिनेमा मिस्टर भर्जिनको प्रचारमा पनि हिडिरहेकी छिन् । मरिष्कालाई यी सबै कुराले दौडधुप भएको छ ।

बक्स अफिसमा फिल्म हिट नभएपनि उनलाई फिल्मको कमी छैन । तर, एकैदिनमा दुइवटा फिल्मको बारेमा बोल्नुपर्दा दर्शक नै कन्फ्यूज भए भने के होला ?

 

For More videos Log on to Mazzako TV