फिल्म बितरक तथा निर्माता गोबिन्द शाहीले क्यान्सर पिडित बालक रिदम रेग्मीलाई आर्थिक सहयोग गरेका छन् । बिगत १ वर्ष अघिबाट मृगौलाको क्यान्सरबाट पिडित भएका झापा दमक सुरेन्द्र रेग्मी र मेनुका रेग्मीका छोरा दिमलाई शाहीले नगद रु २५ हजार ५ सय सहयोग गरका हुन् ।


आइतबार कान्ति बाल अस्पताल पुगेर बितरक तथा निर्माता शाहीले रकम हस्तान्तरण गरेका हुन् । साथै उनले सबैमा क्यान्सर पिडित रिदमको सहयोगको लागि अपिल समेत गरेका छन् । उनि भन्छन् ‘सबैले थोरै थोरै भएपनि सहयोग गर्दा राहत हुन्छ ।’
गत वर्ष शाहीले निर्माण गरेको फिल्म ‘लिलिबिली’ सुपरहिट भएको थियो । यतिखेर गोबिन्द शाही फिल्म ‘लभ स्टेशन’ निर्माण को तयारीमा लागेका छन् ।

For More videos Log on to Mazzako TV