फोटो खिच्न किन लजाउँछन् आर्यन ?
झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, दर्जनौ फिल्ममा काम गरेका र नेपालको नम्बर १ अभिनेताको पगरी समेत गुथेका अभिनेता आर्यन सिग्देललाई एउटा काम गर्न सबैभन्दा गाह्रो लाग्छ । त्यो काम हो, फोटो खिच्ने । चलेका सेलिब्रिटीहरु फोटो खिच्न भनेपछि हुरुक्कै हुन्छन् ।

तर, अभिनेता आर्यन सिग्देललाई भने फोटो खिच्न सबैभन्दा गाह्रो लाग्छ । उनले, आफूलाई पोज दिन पनि नआउने र फोटो खिच्न भनेर उभिन निकै गाह्रो लाग्ने बताए । पासपोर्ट, नागरिकता बनाउने बेलामा पनि आफूलाई फोटो खिच्न निकै गाह्रो भएको उनले बताएका छन् ।
आर्यन साउन १८ गतेबाट रिलिज हुन लागेको फिल्म कायराको प्रमोशनमा छन् । प्रमोशनका क्रममा आर्यनले खुलेरै इन्टरभ्यू दिएपनि फोटो खिच्न भने लजाएको देखिन्छ । साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बनाएका आर्यन कायरा उत्कृष्ट लभ स्टोरी भएको बताउन पछि पर्दैनन् ।
For More videos Log on to Mazzako TV








