साउन ११ गतेबाट रिलिज हुन लागेको चि मुसी ची फिल्मको प्रमोशनका क्रममा जुन तरिकाले दर्शक उर्लिएका छन्, हलमा पनि त्यस्तै दर्शक उर्लिए भने के होला ? पक्कै पनि निर्माताले आफ्नो लगानी सुरक्षित गर्नेछन् । चितवनको नारायणगढको नारायणी नदी किनारामा आयोजना गरिएको फिल्मको प्रमोशन कन्सर्टमा अभिनेत्री अलिसा शर्माले हट नृत्य प्रस्तुत गरिन् ।

अलिसाको नृत्यले दर्शकलाई मोहित बनायो । अलिसा आफैमा पनि राम्रो डान्सर हुन् । यसैले पनि उनको नृत्यमा दर्शक मोहित हुनु स्वभाविक हो । कन्सर्टमा हिरो सुनिल क्षेत्री, सुशान्त कार्कीको डान्स पनि गज्जबको थियो । कन्सर्ट पूर्वदेखि चितवनसम्म आइपुग्दा सफलताको साथ अघि बढेको निर्देशक दिनेश श्रेष्ठ बताउँछन् । कन्सर्टमा आएका दर्शक हलमा पनि उर्लिने हो भने फिल्मले बम्पर कमाई गर्नेछ ।

तर, कन्सर्टमा देखिएको क्रेज हलमा कमै मात्र फिल्मको देखिएको छ । अलिसाले चितवन आफ्नै गृहनगर भएकाले हट नृत्य गरेको बताएकी छिन् ।

For More videos Log on to Mazzako TV