प्रियंकाले गरिन् प्रेमी आयुष्मानसँग इन्गेजमेन्ट
अभिनेत्री प्रियंका कार्कीले इन्गेजमेन्ट गरेकी छिन् । शनिबार उनले प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी हुन् । प्रियंका र आयुष्मान डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले, एकाएक इन्गेजमेन्ट गर्दै सबैलाई अचम्मित बनाएका छन् । प्रियंका र आयुष्मानको इन्गेजमेन्टमा उनीहरुको आफन्त मात्र सहभागी थिए ।
आयुष्मानकी आमा रविना देशराजले प्रियंकाको पछाडि जोशी थपिदिएकी छिन् । यी दुइले बिहे भने आउँदो बर्षको वैशाखमा मात्र गर्ने योजना बनाएका छन् । दुबैको सेड्यूल व्यस्त भएकाले पनि बिहेका लागि समय लिएको उनीहरुले बताएका छन् । प्रियंकाले इन्गेजमेन्ट पछि आफूमा खुशी र उर्जा दुबै थपिएको बताइन् ।