फ्यानले मोटी भनिदिएपछि स्वस्तिमालाई टेन्सन
अभिनेत्री स्वस्तिमा खड्काको शरीर दुब्लो छ । फिल्म क्षेत्रमा आएदेखि नै उनी यस्तै देखिदै आएकी छिन् । कतिपयले स्वस्तिमाको फिगरको तारिफ गर्छन् भने कतिपयले उनलाई मोटाउन सुझाव पनि दिएका छन् । तर, स्वस्तिमालाई भने एक फ्यानले मोटाएको भनेपछि टेन्सन भएको छ ।

छक्का पन्जा ३ को गीतको छायांकनको क्रममा उनको तस्बिरमा मोटी भनेर कमेन्ट आएको छ । स्वस्तिमा आफू दर्शकले मोटी भनिदिदा छक्क परेको बताउँछिन् । उनले, बिहे भएपछि धेरैले मोटी हुन्छौ भनेर सुझाव दिएपनि आफू नमोटाएको र यस्तै शरीर ठिक छ भनेकी छिन् ।
स्वस्तिमा आफूले काम गरेका लोक लयका गीत हिट हुनुको पछाडि भाग्यमा पनि विश्वास गर्छिन् । साथमा, यस्ता गीत आफूलाई पर्नु पनि अर्को लक भएको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV







