३ करोड बजेटको द ब्रेकअप
नेपालको छायांकन सकेर अहिले द ब्रेकअप फिल्मको छायांकन अष्ट्रेलियामा भैरहेको छ । सबै लोकेशनमा पूर्ण अनुमती लिएर काम गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् । यो सिनेमालाई हेमराज वीसीले निर्देशन गरिरहेका छन् ।
फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के लगायतका कलाकारले काम गरिरहेका छन् । फिल्मको छायांकन भैरहेको समयमा यसका निर्माता रोहित अधिकारीले बजेट उच्च लागेको बताएका छन् । उनले, ३ करोड बजेटमा फिल्म सकिने बताएका छन् ।
नेपालमा बनेको अहिलेसम्मकै महंगो बजेटको फिल्म भनेर उनले दाबी समेत गरेका छन् । गाजलु सिनेमा बनाएर चर्चामा आएका रोहितले द ब्रेकअपलाई अझै उत्कृष्ट बनाउनका लागि कथाको डिमाण्ड अनुसार लोकेशन खोजिएको बताएका छन् ।
For More videos Log on to Mazzako TV