छक्का पन्जा ३ को गीतमा कसको जोडी को ?
छक्का पन्जा ३ मा समावेश पहिलो नम्बरमा बोलको गीतको छायांकन चलिरहेको छ । राजधानीको । गोकर्ण रिसोर्टमा जारी यो गीतको छायांकनमा फिल्मका सबै कलाकारलाई देख्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशनमा कलाकारहरुले कम्मर मर्काएका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भैरहेको यो फिल्म दशैमा रिलिज हुनेछ । फिल्ममा २ वटा गीत समावेश भएपनि पहिलो गीतको छायांकन गरिएको हो । यो गीतमा फिल्मका कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की, संजोग कोइरालालाई देख्न सकिन्छ । साथमा छक्का पन्जा २ का मुख्य अभिनेत्रीहरु बर्षा राउत र स्वस्तिमा खड्कालाई पनि गीतमा मात्र देख्न सकिनेछ ।

गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर छ । गीतको भिडियोलाई उत्कृष्ट बनाउन घामपानी नभनी काम गरिएको नृत्य निर्देशक कविराजले बताए ।









