साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँने फिल्म ‘झमक बहादुर’ को दुई पोस्टर सार्वजनिक भएका छन् । पोस्टरले फिल्म कमेडी जनरामा निर्माण भएको बुझ्न सकिन्छ । ट्रलेर रिलिज ताका भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट कपि भएको भनेर चर्को आलोचना भएको थियो ।

तर फिल्मका निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नेपाली परिवेश सुहाउँदो फिल्म निर्माण गरिएको बताएका छन् । फिल्म कपी नभएर सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य कथा बनाइएको बताइएको छ ।

फिल्ममा अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतको अभिनय छ । ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह–निर्माताको रुपमा कोपिला कुमारी डल्लाकोटी रहेकी छन् भने पवन गौतमले फिल्म खिचेका हुन् ।

For More videos Log on to Mazzako TV