अभिनेत्री रेखा थापाले अर्की अभिनेत्री शिल्पा पोखरेलको २ बर्ष अगाडि नै निर्माता छविराज ओझासँग बिहे भैसकेको कुरा खोलिदिएपछि यसले सनसनी मच्चाएको छ । रेखाले एक निर्देशकको मोबाइलमा बिहेको तस्बिर हेरेर आफूले थाहा पाएको तर बिहेमा भने निम्तो नभएको बताएकी छिन् ।

तर, यता नायिका शिल्पा पोखरेलले भने रेखासँग आफूले कुरा गर्ने भन्दै बिहे नभएको बताएकी छिन् । उनले, यो कुराले आफ्नो बिहे हुन सकेन भने यसको जिम्मेवारी कसले लिन्छ समेत भनेकी छिन् । यही कारणले गर्दा पनि अहिले रेखा र शिल्पाको कुरा वाझिएको छ । रेखाले शिल्पासँग छविको बिहे भैसकेको भन्दै अबदेखि आफ्नो नाम अर्काको लोग्नेसँग नदाज्न आग्रह समेत गरेकी छिन् ।

शिल्पाले भने छविराज ओझा र आफ्नो घर नै टाढा भएको भन्दै एकसाथ बसेको कुरालाई पनि अस्विकार गरेकी छिन् ।

For More videos Log on to Mazzako TV