साम्राज्ञीसँगको प्रेम र ब्रेकअप स्विकारे मयंकले
३ बर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र व्यवसायी मयंक खड्काले पूर्ण बिराम लगाएका छन् । शंकै शंकामा यी दुइको प्रेम सकिएको छ । साम्राज्ञी र मयंकले एक अर्कालाई शंका गर्न थालेकाले ब्रेकअप भएको खबर बाहिरिएको थियो ।

तर, यो बिषयमा दुबैले केही पनि बोलेका थिएनन् । तर, साम्राज्ञीका पूर्व प्रेमी मयंकले भने ब्रेकअप भएको स्विकार गरेका छन् । उनले, आफूहरु सम्बन्धमा रहेको र अहिले अलग भएको स्विकार गरेका छन् । तर, एक अर्कालाई शंका गरेर ब्रेकअप भएको खबरलाई भने मयंकले अस्विकार गरेका छन् । मयंकले आफ्नो परिवार र साथीभाइलाई प्रेमको बिषयमा थाहा भएको भन्दै यस बिषयमा केही नभन्ने बताएका छन् ।
साम्राज्ञी भने अनी के भयो त भन्दै तर्किएकी छिन् । साम्राज्ञीले प्रेमको बारेमा केही नबोल्दै उनीहरुविच ब्रेकअप भएको छ । साम्राज्ञीको उच्च महत्वकांक्षाका कारणले पनि ब्रेकअप भएको बताइन्छ ।
For More videos Log on to Mazzako TV








