मंसिर ७ गतेलाई प्रदर्शन मिति फाइनल गरेर चौका दाउ फिल्मको फस्टलुक रिलिज गरिएको छ । पुर्णेन्द्रु झाको निर्देशनमा बनेको फिल्मलाई कमेडी जनरामा तयार गरिएको छ ।

फिल्मको फस्टलुकमा एउटा कारमा ४ जना अर्धनग्न पुरुष छन् । मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकार अर्धनग्न पोजमा छन् । यसले पनि फिल्ममा यी ४ जनाको क्यारेक्टर कस्तो छ भन्ने वुझ्न सकिन्छ । फिल्ममा मनोजराज भण्डारी र सौर्यजित बास्कोटाको लगानी छ ।

फिल्ममा अभिनेत्रीको रुपमा बर्षा राउत छिन् । पोष्टरमा बर्षा राउतलाई भने देखाइएको छैन । फिल्ममा बर्षाको पछि लाग्ने यी ४ यूवाको कथालाई देखाइएको छ । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशकको दाबी छ । शम्भुजित बास्कोटाको संगीत र कथा फिल्ममा छ ।

For More videos Log on to Mazzako TV