बोबी प्रिमियरमा बज्यो बाजा, रक्षा हाइलाइटमा

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म बोबीको बुधबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ । रियल लाइफ जोडी उमेश थापा र कविता श्रेष्ठको कथामा बनेको यो फिल्म हेर्नका लागि विभिन्न क्षेत्रमा मानिसहरु पुगेका थिए ।

फिल्म बोबीमा उमेश, कविताको साथमा विजय लामा, गौरी मल्लको मुख्य भूमिका छ । फिल्मको छायांकन नेपाल र नर्वेमा गरिएको हो । बोबी हेर्न हाँस्य सिरियलका भद्रगोलका कलाकार बले, जिग्री, रक्षा श्रेष्ठ पनि पुगेका थिए । फिल्मको प्रिमियरमा रक्षा नै हाइलाइटमा रहिन् । रक्षाको पहिरन र उनको सुन्दरताले सबैको ध्यान तानेको थियो ।

यस्तै, फिल्मका मुख्य कलाकार उमेश थापा, कविता श्रेष्ठ र विजय लामा रेड कार्पेटमा हिड्दा बाजा बजाएर स्वागत गरिएको थियो । फिल्म हेर्नेले रियल लाइफ जोडीको कथावस्तु राम्रो रहेको प्रतिक्रिया दिएका छन् । असारको २९ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV








