असार २९ गतेबाट रिलिज हुने विराङ्ना सिनेमाका लागि यसका हिरो अनुप विक्रम शाहीले समय नदिदा यसका निर्देशक राजबहादुर सानेको चित्त दुखेको छ । राजबहादुर अनुपको यो संझनलायक सिनेमाको भएको बताउँछन् ।

तर, सिनेमाको ३० प्रतिशत दृश्य नखिचिएको भन्दै अनुपले सिनेमाको प्रचारमा मत्तलब पनि गरेनन् । एउटा कलाकारको जिम्मा निर्मातालाई सुरक्षित गरिदिनु पनि हो भन्ने निर्देशकलाई लाग्छ । अनुप अरु सिनेमाको व्यस्त भएर समय दिन नसक्दा आफ्नो सिनेमालाई दोष लगाएर पन्छिन खोजेको सानेको भनाई छ । उनले, यसपटक आफूले उत्कृष्ट सिनेमा बनाएको दाबी समेत गरेका छन् ।

महिलालाई लक्षित गरिएको यो सिनेमाले दर्शकलाई सन्तुष्ट बनाउने उनको भनाई छ । शिल्पा पोखरेल, पृथ्विराज प्रसाई यो सिनेमाको मुख्य कलाकार छन् ।

For More videos Log on to Mazzako TV