बोर्ड अध्यक्षका लागि दौड सुरु
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि फेरि दौडधुप सुरु भएको छ । शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ती बदर गर्ने सरकारको निर्णयपछि बोर्ड अध्यक्ष निकिता पौडेलको पद गुम्यो । यसपछि भने अब अध्यक्ष पदमा को आउला भन्ने बहस सुरु भएको छ । बोर्ड अध्यक्षका लागि सबैभन्दा अगाडि निर्माता केशव भट्टराइको नाम छ । केशव एमाले निकट फिल्मीकर्मी मानिन्छन् ।
यसैले पनि उनको नाम ४ महिना अगाडि नै बोर्डमा सिफारिश भैसकेको हो । तर, बोर्ड अध्यक्षका लागि अभिनेता शिव श्रेष्ठले पनि दौडधुप गरिरहेका छन् । शिव श्रेष्ठले अहिले एमाले निकट फिल्मीकर्मी दिनेश डीसीको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिरहेका छन् । यसैले पनि बोर्डमा को आउला भन्न सकिने अवस्था छैन ।
राजनीतिक नियुक्तीको भरमा बोर्डमा अध्यक्ष नियुक्ती हुने भएकाले पनि चलचित्र विकास बोर्ड विनास बोर्ड जस्तो बनेको छ । बोर्ड अध्यक्षको कार्यकाल २ बर्षको हुनेछ । बोर्ड अध्यक्ष बन्नका लागि केशव र शिवमा कसले बाजी मार्लान् ?
For More videos Log on to Mazzako TV